काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशसभा सभामुखलाई पत्र पठाएर प्रदेशसभा सदस्यहरूलाई कुनै कारवाही नभएको स्पष्ट पारेका छन् ।
बिहीवार प्रदेशसभा सचिवालय जसपाका ४ सांसदलाई पार्टी कार्यकारिणी समितिले पार्टी सदस्यबाट निष्कासन गरेको व्यहोरासहित सूचना टाँस गरेको थियाे ।
याे पनि : लुम्बिनीमा जसपाका चार सांसद् पदमुक्त
यसअघि सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरिएको सूचना बिहीवार प्रदेशसभा सचिवालयले प्रकाशित गरेको थियाे । तर अध्यक्ष ठाकुरले प्रदेशसभा सदस्यमाथि कुनै पनि किसिमकाे कारबाही नभएकाे बताएका छन् ।
अब कस्को पत्र आधिकारिक भन्ने विवाद हुने भएको छ । एमालेलाई प्रदेशदेखि संघसम्म सहयोग गर्ने किन गर्ने भन्ने विषयमा जसपा विभाजित छ ।