काठमाडौं । लुम्बिनी प्रदेशमा जारी राजनीतिक उतारचढावमा कांग्रेस सभापति शेरबहादुर देउवाले विराेध जनाएका छन् । उनले मुख्यमन्त्री शंकर पाेखरेलकाे पुन: नियुक्ति घाेर अलाेकतान्त्रिक भएकाे बताएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार साँझ विज्ञप्ति जारी गरी भनेका छन्- संविधानको ठाडो उल्लंघन, बलमिच्याईं र घोर अलोकतान्त्रिक प्रवृत्तिको म कडा निन्दा र भत्सर्ना गर्दछु ।’
बहुमत गुमाएको तथ्य बुझेर नै मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्ताव छलेको अरोप देउवाले लगाएका छन् । ‘नेकपा एमालेले प्रदेश सभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्य मन्त्री नियुक्ति गरिनु राजनैतिक, नैतिक र संवैधानिक कुनै पनि कोणबाट तर्कसंगत छैन’ विज्ञप्तिमा भनिएकाे छ ।