logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • मुख्यमन्त्री शंकर पोखरेलले लिए पद तथा गोपनीयताको सपथ 

    मुख्यमन्त्री शंकर पोखरेलले लिए पद तथा गोपनीयताको सपथ 

    3K
    Shares

    काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

    आइतबार बिहान राजीनामा गरेर दिउँसो पुनः नियुक्ति पाएका पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवबाट शपथ लिएका हुन् । 

    प्रदेश प्रमुखको कार्यालयमा विपक्षी सांसदले शपथ राेक्न धर्ना दिएपछि पोखरेलले मुख्यमन्त्रीको कार्यालयमा शपथ लिएका हुन् । 

    पाेखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिएका थिए ।

    त्यसपछि पुन: लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति सार्वजनिक गरी संविधानको धारा १६८ को उपाधार (१) बमोजिम प्रदेश मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेको जानकारी दिएको थियाे ।

    पोखरेलले आइतबार बिहान संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

    पोखरेलले पुनः मुख्यमन्त्रीको दाबी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरी ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए । तर प्रदेश प्रमुख यादवले यसअघि नै ४१ जनाकाे हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता शंकर पाेखरेललाई मुख्यमन्त्री नियुक्त गरे । 

    सत्ताकाे दुरुपयाेग गरी पुनः नियुक्ति लिएको भनी अहिले बहुमत सदस्य आन्दोलनमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend