logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • बागलुङका पत्रकारका लागि आफ्नै आइसोलेसन कक्ष

    बागलुङका पत्रकारका लागि आफ्नै आइसोलेसन कक्ष

    3.6K
    Shares

    बागलुङ । नेपालमा दोस्रो लहरको कोरोना सङ्क्रमणको दर बढ्दै गएको सन्दर्भमा अग्रपङ्क्तिमा  खटिने पत्रकारका लागि नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आफ्नै आइसोलेसन कक्ष निर्माण गरेको छ ।
     
    शाखाको आफ्नै भवनको सभाहलमा तत्कालका लागि १० शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको महासङ्घका शाखा अध्यक्ष नरेश कँडेलले बताए । उनले पत्रकारहरुलाई कोरोनाको बढी जोखिम रहेको र धेरै पत्रकार भाडाको घरमा बसेर काम गर्ने भएकाले कोरोना लाग्दा समस्या भएपछि आफ्नै भवनमा आइसोलेसन कक्ष तयार गरिएको बताए ।

    ‘पत्रकार अग्रपङ्क्तिमा खटिएर काम गरिरहेका हुन्छन्, कोरोना लागेपछि छुट्टै बस्ने स्थान छैन, अस्पतालमा शय्या नपाइन सक्छ त्यसैले पत्रकारहरुका लागि महासङ्घले नै आइसोलेसन कक्ष बनाएको छ’, अध्यक्ष कँडेलले भने, ‘जिल्लामा हालसम्म अग्रभागमा खटिने पाँच पत्रकारलाई कोरोना सङ्क्रमण भई निको भइसकेको अवस्था छ, पत्रकारलाई कोरोना सङ्क्रमणको दरअनुसार आइसोलेसन कक्ष व्यवस्थित तथा शय्या विस्तार गर्दै जानेछौँ ।’

    नवनिर्मित भवनको हलमा हाइसोलेसन कक्ष, शौचालय तथा आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीको व्यवस्था छ । अहिले कुनै पनि पत्रकार सङ्क्रमित नभए पनि कोरोनाको बढ्दो सङ्क्रमणले जस्तोसुकै अवस्था आउन सक्ने भन्दै पूर्वतयारी थालिएको महासङ्घले जनाएको छ ।
     
    आइसोलेसनलाई अक्सिजनसहित सञ्चालनको व्यवस्थापन गर्न धौलागिरि अस्पतालले सहयोग गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताए। उनले पत्रकारहरुले आफ्नो व्यवस्थापन गर्न थालेकामा खुसी व्यक्त गर्दै सङ्क्रमणको दर बढ्दै गएमा अस्पतालमा शय्या अभाव हुने भएकाले अन्य स्थानमा समेत आइसोलेसन कक्ष बनाउनुपर्ने बताए । उक्त आइसोलेसन कक्षमा नगरपालिकाले स्वास्थ्यकर्मीसमेत खटाउनेछ ।
     
    आइसोलेसन कक्षमा आवश्यक स्वास्थ्य सामग्री ब्रदर्श सर्जिकल एण्ड डाइग्नोस्टिक प्रालि बागलुङका सञ्चालक नीलकण्ठ शर्माले प्रदान गरेका हुन् । उनले पत्रकार महासङ्घलाई पाँच लिटर स्यानिटाइजर क्षमताको विद्युतीय स्यानिटाइजर डिस्पेन्सर, २५० थान मास्क, पाँच लिटर स्यानिटाइजर, पल्स अक्सिमिटर, डिजिटल रक्तचाप परीक्षण औजार, डिजिटल थर्मोमिटर र हेण्ड वास एक थान सहयोग गरेको अध्यक्ष कँडेलले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend