शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई उपचारमा फर्किन निर्देशन

अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई उपचारमा फर्किन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढेपछि उपचारको व्यवस्थापन गर्न तिनलाई  काम गर्न निर्देशन दिएको हो । 

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार आइतबार मन्त्रालयमा बसेको बैठकले अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा रहेका सबै स्वास्थ्यकर्मीलाई आ–आफ्नो दरबन्दीअनुसार स्वास्थ्य संस्थामा गई काम गर्न निर्देशन दिने निर्णय गरेको छ ।  

मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययरत सबै विद्यार्थीलाई पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको छ । ती विद्यार्थीलाई अध्ययन गराउने सम्बन्धित विश्वविद्यालय तथा कलेजले आवश्यकतानुसार आफ्नै वा अन्य अस्पतालमा खटाउने उनले जानकारी दिए । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend