logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • एमाले अध्यक्ष ओलीले सोधे नेपाल पक्षीय तीन सांसदलाई म्यासेन्जरबाटै स्पष्टीकरण

    एमाले अध्यक्ष ओलीले सोधे नेपाल पक्षीय तीन सांसदलाई म्यासेन्जरबाटै स्पष्टीकरण

    1.7K
    Shares

    काठमाडौं।  नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप तीनजना सांसदहरुसँग स्पष्टीकरण सोधेका छन् । 

    ओलीले सांसदहरु गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई म्यासेन्जरबाटै स्पष्टीकरण सोधेका हुन् । कार्यालय सचिव शेरबहादुर तामाङमार्फत ओलीले उनीहरुलाई स्पष्टीकरण पत्र पठाएका हुन्। 

    कोरोना महामारीका कारण भौतिक रुपमा पत्र पठाउन सम्भव नभएकाले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण सोधिएको बताए। तीनै जनाले जवाफ पनि दिइसकेको उनले बताए । 

    आफूलाई तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएको सांसद खातुनले बताइन्। समिना हुसेनले भने आफूले स्पष्टीकरणको जवाफ दिइसकेको बताइन्। उनले माधव नेपाल पक्षले बोलाएको राष्ट्रिय भेलामा आफू सहभागी भएकै कारण स्पष्टीकरण सोधिएको हुनसक्ने बताइन्।

    ओलीले यसअघि नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend