सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

निषेधाज्ञा थप कडाइ हुने, सरकारलाई सहयाेग गर्न आग्रह 

निषेधाज्ञा थप कडाइ हुने, सरकारलाई सहयाेग गर्न आग्रह 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेका निषेधाज्ञामा थप कडाइ हुने बताएका छन् । 

सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको बताए ।

उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए । उनले भने ‘नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हाे । नागरिकको जीवन रक्षाका लागि सरकारको सबै संयन्त्र परिचालन गरेकाे छ ।’

यसैगरी कोभिड संकटसँग जुध्ने अभियानमा नेपाललाई सहयोग गर्न प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय समुदायसँग अपिल पनि गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend