logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ बिक्री खुला 

    मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ बिक्री खुला 

    5.4K
    Shares

    काठमाडाैं । मंगलवारदेखि मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले हाल आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयका लागि मात्र ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

    ६० लाख कित्तामध्ये ३०% ले हुन आउने १८ लाख कित्ता शेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस) तथा बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्थाङ र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याइएको छ ।

    यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता शेयर भने सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ । यसमा छिटोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

    उक्त समयमा सबै शेयर बिक्री नभएमा जेठ २० गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।स्थानीयले प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ भर्न सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ४ सय कित्तासम्मका लागि आवेदन दिन सकिने बताइएकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend