
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बताएका छन् ।
एमालेको झलनाथ खनाल- माधव कुमार नेपाल समूहका सांसदहरुले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि नै सामुहिक राजीनामा दिने तयारी गरिरहेको भन्ने समाचारहरु आइरहेका बेला नेता पाण्डेले राजीनामा नगरी ओलीलाई विश्वासको मत दिने बताएका हुन् ।
बुधबार सुनौलो नेपालसँगको संक्षिप्त कुराकानीका क्रममा नेता पाण्डेले भने, ‘पार्टीभित्रको अन्तरबिरोध समाधान भइसकेको छैन। त्यो अन्तरविरोध र संघर्ष जारी नै रहन्छ तर अहिले प्रधानमन्त्रीले विश्वासको मत लिने भन्नुभएको छ, अरुले के गर्छन् थाहा छैन, हामी विश्वासको मत दिन्छौँ। त्यसमा कुनै समस्या हुँदैन ।’
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदै गर्दा आफूहरु आफ्ना माग र अडानमा भने यथावत रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदमा विश्वासको मत लिँदै छन् । ओलीले विश्वासको मत लिने बताएपछि नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने भन्ने खबरहरु बाहिरिएका थिए । तर नेता पाण्डेको उक्त भनाइले यस्ता खबरहरुलाई खण्डन गरेको छ ।
भिडियो सहित
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend