logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • एनआईसी एसिया बैंककाे चर्काे ब्याजदर : घरकर्जा १६ प्रतिशतसम्म !

    एनआईसी एसिया बैंककाे चर्काे ब्याजदर : घरकर्जा १६ प्रतिशतसम्म !

    5.1K
    Shares

    काठमाडौं । एनआईसी एसिया बैंकले चर्को ब्याज लिएर सर्वसाधारणलाई दुःख दिएको खुल्न आएको छ । सुरुमा सस्तो ब्याजदर देखाएर घर तथा सवारी कर्जा लिएका केही मानिसहरु अहिले बैंकको चर्को ब्याजदरले मर्कामा परेका छन् । 

    बैंकले सुरुमा कम ब्याजदर देखाएर ऋण दिएर ब्याजदर बढाउँदै लगेको र कोभिड महामारीको बेलामा पनि दुःख दिने गरेको गुनासो ऋण लिनेहरुको छ । बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिएको र सवारी साधनका लागि लगानी भएको कर्जामा पनि करिब १५ प्रतिशत ब्याजदर लिने गरेको खुलासा भएकाे छ ।

    सुनाैलाे नेपालकाे सम्पर्कमा आएका एक व्यवसायीले घरकर्जा बापत ४ करोड ६० लाख रुपैयाँ लिएका थिए । एनआईसी एसिया बैंक र ऋणीबीचको सम्झौतापत्रमा वार्षिक १३.४९ प्रतिशत ब्याजदरमा मासिक ईएमआई ५ लाख ९६ हजार ९९६.६५ रुपैयाँ तिर्नुपर्ने उल्लेख गरिएको थियाे । उक्त सम्झाैता पत्रमा बैंकले समय-समयमा ब्याजदर परिवर्तन गर्न सक्ने सम्झौतामा भनिएको छ । त्यसैलाई देखाएर बैंकले चर्काे ब्याज असुल गरिरहेकाे उनकाे भनाइ छ । अहिले घर कर्जाको ब्याजदर १५.७० प्रतिशत पुगेकाे छ ।

    यस्तै, सवारी कर्जामा पनि बैंकले करिब १५ प्रतिशतसम्म ब्याजदर लिएकाे उनकाे गुनासाे छ । 

    गत वर्ष सरकारले कोभिड १९ को सतर्कता स्वरुप जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण बैंकिङ प्रणालीमा अधिक तरलता भएर ब्याजदर सिंगल डिजिटमा झरेको थियो । निक्षेपतर्फको पनि ब्याजदर घटेकाले बैंकहरुको कस्ट अफ फण्डमा कमी आएर आधार दरसमेत घटेको छ । यसले गर्दा बैंकहरुले ९.५ प्रतिशतको व्याजदरमा कर्जा प्रवाह गरिरहेका छन् । तर, एनआईसी एसिया बैंकले चलनचल्तीको भन्दा झण्डै दोब्बर ब्याज ऋणीसँग मागेको पाइएकाे छ ।

    आधार दरमा सामान्यता २ प्रतिशत प्रिमियम जोडेर बैंकहरूले कर्जा प्रदान गर्नुपर्ने भएपनि एनआईसी एसिया बैंकले करिब ९ प्रतिशतसम्म प्रिमियम लिएको देखिएको छ ।

    ऋणीलाई महामारीमा पनि दुःख दिएको खबरपछि नेपाल राष्ट्र बैंकले जवाफ माग गरेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले ब्याजदर घटाउनका लागि निर्देशन दिइसेकेकाे पनि जानकारी दिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend