काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक केहीबेरमा बालुवाटारमा बस्ने भएको छ।
प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा कोरोना महामारी, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ ।
एमालेमा १९ जना स्थायी कमिटी सदस्य छन्। नेता झलनाथ खनाल र माधव नेपाल पक्षविनै ओलीले केही समयअगाडि स्थायी कमिटी गठन गरेका थिए। केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिँदै छन् ।