logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • रावलले लगाए प्रधानमन्त्री ओलीलाई घृणित राजनीति गरेको आरोप

    रावलले लगाए प्रधानमन्त्री ओलीलाई घृणित राजनीति गरेको आरोप

    1.6K
    Shares

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले घृणित राजनीति गरेको आरोप लगाएका छन् । आफ्नै सांसदलाई कारवाही गरी विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेर प्रधानमन्त्री ओलीले घृणित राजनीति गरेकाे भनी आराेप लगाएका हुन् । 

    बुधवार कांग्रेससँग एमाले शीर्ष नेतृत्वको छलफल भएकाे थियाे । छलफलमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासकाे मत मागेकाे बताइएकाे छ । तर ओलीकाे आग्रह देउवाले अस्वीकार गरे । 

    यही विषयमा टिप्पणी गर्दै रावलले भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीले दलमा विधान मिच्दै निरंकुश रुपमा नेता र सांसदहरुलाई स्पष्टीकरण सोध्नु,कारवाही गर्नु र कुनै छलफल परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनयविनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend