काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
एक मन्त्रीका अनुसार बिहीबार साँझ ५ बजे नियमित बैठक बोलाएका हुन् । हरेक साताको सोमबार र बिहीबार मन्त्रीपरिषदको बैठक बस्ने तालिका अनुसार बैठक बस्ने लागेको हो ।
एमाले स्थायी कमिटीको बैठक सकिएलगत्तै राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास गएका ओलीले मन्त्रिपरिषद् बैठक बाेलाउनु अर्थपूर्ण रुपमा हेरिएकाे छ ।