काठमाडौं। आगामी जेठ अन्तिम साता हुने भनिएको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको छ।
कोरोना भाइरस संक्रमणका कारण महाधिवेशन स्थगित गरिएको विवेकशील साझाले जनाएको छ।
तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मंसिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो।