
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा सांसद गंगा चौधरीले सामुहिक राजीनामा जनतामाथिको धोका र गद्दारी भएको बताएका छिन।
जनताबाट जनमत लिएर आउने अनि राजीनामा दिएर हिड्ने त्यस्तालाई अब चुनावमा जनताले नाङ्गेझार पार्ने समेत उनको धारणा छ।
केही सञ्चार माध्यममा राजीनामा दिने सांसदको सूचीमा आफ्नो समेत नाम जोडिएकोप्रति आपत्ति जनाउँदै सांसद चौधरीले भनिन्, ‘भ्रममा नपर्नु होला गंगा चौधरीको राजीनामा आउँदैन ।’ त्यस्तै उनले आफुले मुलधारको नेकपा एमाले छोडेर अलपत्र पर्न कतै नजाने बताएकी छिन् ।
सुनौलो नेपालसँगको कुराकानीका क्रममा उनले भनिन्, ‘म सुरु देखि नै पार्टी एकताको पक्षमा छु। जनताको आघात स्नेह र माया भएको नेकपा एमाले र सूर्य चिह्न छोडेर म कतै जाँदिन र अरु पनि जानु हुँदैन ।’ कठिन परिस्थितिमा सबैले त्याग गरेर नेकपा एमाले संग्लो रुपमा राख्नु पर्ने उनको धारणा छ।
हेर्नुहोस् सांसद चौधरीसंगको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend