काठमाडौं। सिइडिबी हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ।
बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइपिओ बाँडफाँट गरेको हो। सो आइपिओ २ लाख ३४ हजार १९५ जना आवेदकले पाएका छन्। तीमध्येबाटै ४ जनाले ११ कित्ताका दरले पाएका छन् भने अरुले १० कित्ताका दरले पाएका छन्।
बाँकी १४ लाख ५१ हजार ४३२ आवेदकको हात रित्तो भएको छ। ४ हजार ४४२ वटा आवेदन रद्द भएको छ।
आवेदकले नतिजा आइपिओरिजल्ट डट् सिडिएससी डट कम डट एनपीबाट हेर्न सक्नेछन्। शुक्रबार साँझबाट मात्रै नतिजा हेर्न सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ।