काठमाडौं । कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड रूपैयाँको सहमति दिएको छ ।
अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रूपैयाँको सहमति दिएको हो ।
मन्त्रालयका अनुसार कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्ने नीति अन्तर्गत उक्त स्राेत जुटाएकाे हाे ।