logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • चीनमा ७३ तले भवन अचानक हल्लिन थालेपछि…

    चीनमा ७३ तले भवन अचानक हल्लिन थालेपछि…

    2.4K
    Shares

    काठमाडाैं । दक्षिणी चीनको सेन्जेन शहरस्थित एक ७३ तले भवन अचानक हल्लिएको छ । मंगलबार साँझ उक्त भवन हल्लिएकाे हाे । ९८० फिट उचाइको उक्त भवनमा रहेका मानिसहरूले हल्लिएको महसुस गरेकाे चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । भवन हल्लिरहेकाे बेलामा उक्त क्षेत्रमा भूकम्प आएकाे थिएन । 

    अचानक भवन हल्लिन थालेपछि यसका बारेमा जाँच सुरु भएकाे छ । मौसमको रिपोर्टअनुसार त्यतिबेला हावा २७ किलोमिटर प्रतिघन्टाको गतिमा थियो । याे हावाकाे गतिले यति ठूलो भवन हल्लाउने क्षमता नराख्ने विज्ञहरुकाे तर्क छ । 

    चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार भवन हल्लिन थालेपछि भवनलाई खाली गराइएको थियो । त्यो भवन २० वर्ष पुरानो हो । सामाजिक सञ्जालमा यस भवनका भिडिओ सेयर भएका छन् । जसमा मानिसहरू दौडिएकाे र भागिरहेकाे देखिन्छ । घटनामा कुनै मानवीय क्षति भने नभएकाे समाचारमा जनाइएकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend