काठमाडौं। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ ।
कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नेष्डोले ८ लाख २८ हजार ७ सय ५० कित्ता आइपीओ जारी गर्दैछ । नेष्डो र ग्लोबल आइएमई क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ ।
धितोपत्र बोर्डमा निवेदन दिएर बोर्डको अनुमति पाएपछि मात्र आइपीओ निष्काशन हुनेछ ।