logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • राष्ट्रियसभा उपनिर्वाचन : ३३८ मत खस्याे, ९ जना अनुपस्थित 

    राष्ट्रियसभा उपनिर्वाचन : ३३८ मत खस्याे, ९ जना अनुपस्थित 

    2.2K
    Shares

    काठमाडाैं । राष्ट्रियसभाको उपनिर्वाचनमा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये ९ जना मतदानमा अनुपस्थित भएका थिए ।

    प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदाता रहेकोमा ३३८ जनाले मात्र मतदान गरेका हुन् । १०९ सांसदमध्ये १०५ जनामात्र मतदानमा सहभागी भएका छन् भने स्थानीय तहका २३८ मध्ये २३३ जनामात्र उपस्थित भएका थिए ।

    विवेकशील साझा पार्टीका तीन जना जनप्रतिनिधिले मतदान गरेनन् । 

    उप निर्वाचनको मत परिणाम बिहीबार नै आउने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको परिणाम अनलाइन माध्यमबाट सार्वजनिक गरिने जनाइएको छ । मतगणना आवश्यक प्रक्रिया पूरा गरेर तत्काल सुरु गरिने बताइएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend