काठमाडाैं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहका साथै एमालेको माधव नेपाल समूहको बैठकले सरकारको बिहीबारको कदमका विषयमा उपयुक्त कदम चाल्ने निष्कर्ष निकालेको छ ।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कसरी अघि बढ्ने भन्नेबारे विभिन्न विकल्पमा छलफल भएको र अबको एक-आधा घण्टामा उपयुक्त निर्णय लिइने प्रतिक्रिया दिए ।