काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार र आइतबारका लागि बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित नभएको बताएका छन् ।
उनले शनिबार र आइतबारका लागि बोलाइएको बैठकमा उपस्थित हुन पदाधिकारीहरूलाई आह्वान गरेका छन् ।
केही बेर अगाडि मात्रै जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले बैठक स्थगित भएको बताएका थिए । तर यादवले भने बैठक स्थगित नभएकाे बताएका हुन् ।