logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • एमालेका तीन युवा नेताले भने : देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छैनौँ

    एमालेका तीन युवा नेताले भने : देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छैनौँ

    2.5K
    Shares

    काठमाडौं । नेकपा एमालेका तीन युवा नेताहरु  सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईले  कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

    ‘फरक प्रयोजनका लागि संकलन भएको हस्ताक्षर लिईएको हो । अहिले हस्ताक्षरको दुरुपयोग भएको छ । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन हामीले हस्ताक्षर गरेका छैनौँ’  उनीहरुले भने ।

    ‘शुक्रबार दिउँसो नेपाल पक्षका सांसदहरूले बैठकमा परिस्थिति अनुसार निर्णय लिने जिम्मेवारी नेता नेपाललाई दिएका हो तर देउवालाई समर्थन गरेर जाने विषय हामीलाई स्वीकार्य छैन’ उनीहरुकाे भनाइ छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend