काठमाडौं। १५३ जनाको हस्ताक्षरसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दावी प्रस्तुत गरेका छन्।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरेको जानकारी दिएका छन्।
दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीकाे हस्ताक्षर रहेको रिमालले बताए।
यता बाबुराम भट्टराई-उपेन्द्र यादव समूहका १४ जनाले शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन्।