logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • राष्ट्रपति महोदय, दुवै दाबी किर्ते हुन्, संविधान बमोजिम निर्वाचन घोषणा गर्नुस् : कमल थापा

    राष्ट्रपति महोदय, दुवै दाबी किर्ते हुन्, संविधान बमोजिम निर्वाचन घोषणा गर्नुस् : कमल थापा

    2K
    Shares

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधान बमोजिम निर्वाचन घोषणा गर्न माग गरेका छन् । 

    सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले राष्ट्रपति समक्ष परेको दुवै दावी जाली र किर्ते भएको भन्दै खारेज गर्न माग गर्दै दुवै दावीमा संविधानको धारा ७६९५०अनुसार ‘बिश्वासको मत प्राप्त गर्ने’ आधार नभएको बताएका छन् ।

    उनले लेखेका छन्,’दुवै जाली/किर्ते हुन्। दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणा होस्। यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे। अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ । ‘

    संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन् ।

    ओलीले नेकपा एमाले र जसपाका १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन् । त्यस्तै देउवाले कांग्रेस,माओवादी,जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थनमा १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend