काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा हस्ताक्षर दुरुपयाेग भएकाे भनी भनाभन भएकाे छ ।
शुक्रबार सिंहदरबारमा बसेको बैठक अर्को मिति तय गरेर फेरि बस्नेगरी विषय नै प्रवेश नगरी सकिएको एमाले संसदीय दलका एक नेताले जानकारी दिए ।
बैठकमा नेता माधवकुमार नेपाल पक्षले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफुहरुको हस्ताक्षर लगेर दुरुपयोग गरेको विषय उठाएका थिए । त्यसपछि दुवैपक्षका नेताहरुबीच भनाभन भएकाे थियाे ।
कार्यदलमा नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा ५ र केपी ओेली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा ५ गरी १० जना सदस्य रहेका छन् । नेकपा एमालेमा देखिएकाे आन्तरिक विवाद समाधान गर्नका लागि कार्यदल गठन भएकाे थियाे ।