logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • देउवाको पक्षमा हस्ताक्षर गर्नेलाई मान्यता नदिन राष्ट्रपतिलाई महन्थ ठाकुरकाे पत्र 

    देउवाको पक्षमा हस्ताक्षर गर्नेलाई मान्यता नदिन राष्ट्रपतिलाई महन्थ ठाकुरकाे पत्र 

    1.7K
    Shares

    काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि हस्ताक्षर गर्ने पार्टीका सांसदलाई मान्यता नदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।

    उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार पठाएको पत्रमा पार्टीको निर्णय विपरित देउवाको पक्षमा कसैले गरेको पाइए त्यो पार्टीको विधान विपरित हुने र त्यसो गर्ने अधिकार सांसदलाई नरहने उल्लेख गरेका छन् । उनले त्यस्ता सांसदमाथि कारबाही गरिने पनि बताएका छन् ।

    यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि साेही ब्यहाेराकाे पत्र पठाएका थिए । उनले पनि सांसदमाथि कारबाही हुने पत्र राष्ट्रपतिसमक्ष पठाएका छन् । नयाँ सरकार गठन गर्ने सन्दर्भमा एमाले र जसपाका केही सांसदले विपक्षी गठबन्धनलाई सघाएपछि अध्यक्षहरुले यस प्रकारकाे पत्र राष्ट्रपति कार्यालयमा पठाएका हुन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend