काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ । केहीबेरमा बैठक सुरु हुने एक मन्त्रीले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।
बैठकमा संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभा विघटनको निर्णय हुन सक्ने अनुमान गरिएकाे छ ।