logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • मध्यरातमा प्रतिनिधिसभा विघटन,राष्ट्रपतिद्वारा मध्यावधि निर्वाचनकाे सिफारिस सदर

    मध्यरातमा प्रतिनिधिसभा विघटन,राष्ट्रपतिद्वारा मध्यावधि निर्वाचनकाे सिफारिस सदर

    2K
    Shares

    काठमाडाैं । सरकारले शुक्रबार मध्यरातमा गरेको प्रतिनिधिसभा विघटनको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छन् । अब प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ ।

    त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र  शेरबहादुर देउवाको दाबी नपुगेका भनी खारेज गर्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रीपरिषद बैठक बाेलाएका थिए ।

    राष्ट्रपति भण्डारीले शुक्रबार मध्यराति संविधानको धारा ७६ (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको भन्दै दुवैजनाकाे दाबी खारेज गरेकी थिइन् ।

    ओली सरकारले यसअघि २०७७ पुस ५ गते पनि प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेको थियो । जसलाई राष्ट्रपति भण्डारीले सहजै स्वीकृत गरेकी थिइन् । तर सर्वोच्च अदालतले उक्त विघटनलाई असंवैधानिक ठहर गरेपछि प्रतिनिधिसभा पुन: स्थापना भएको थियो ।

    samsad.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend