logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • दुई समूहको टकरावले एमाले तनाव जटिलतातर्फ

    दुई समूहको टकरावले एमाले तनाव जटिलतातर्फ

    1.9K
    Shares

    काठमाडौं । नेकपा एमाले भित्र प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकराव सरकार बन्ने र भत्कने खेल बनेको छ ।

    बिहीबार राष्ट्रिय सभाको चुनावी नतिजा र शुक्रबार नयाँ सरकार गठनका लागि भएका घटनाक्रमले एमालेको एकीकृत जीवन गम्भीर जोखिममा परेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २६ सांसदले वैकल्पिक सरकार गठनका लागि हस्ताक्षर गरेपछि एमाले तनाव जटिलतातिर प्रवेश गरेको छ । 

    पार्टी एकतामा देखिएको समस्या समाधानका लागि कार्यदलले काम सुरु गरेको एक साताकै बीचमा सत्तारुढ एमाले विभाजनतिर मोडिएको छ । वरिष्ठ नेता नेपाल–खनाल समूहका २६ सांसदले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दाबीपत्रमा शुक्रबार हस्ताक्षर गरेको विषयले एमालेमा नयाँ संकट पैदा गरेको हो । 

    एमालेको असन्तुष्ट समूहको हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाको दाबी पेस गर्न नेपाल स्वयं राष्ट्रपति कार्यालय पुगेलगत्तै केही सांसदले हस्ताक्षर दुरुपयोग गरिएको र केहीले त्यसमा असहमति रहेको सार्वजनिक गरेपछि नेपाल–खनाल समूह दुई चिराको अवस्थामा पुगेको छ । 

     त्यसलगत्तै सिंहदरबारमा बसेको एकता कार्यदल बैठकमा हस्ताक्षरको विषयले प्रवेश पाएको छ । ओली पक्षका नेताहरूले हस्ताक्षर पुष्टि भए कार्यदलको औचित्य समाप्त भएको भनाइ राखेपछि नेपाल पक्षका नेताहरू रक्षात्मक बनेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend