logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • देशघाती जोडी यहीँ र यत्तिमै रोकिने वाला छैनन् : गगन थापा

    देशघाती जोडी यहीँ र यत्तिमै रोकिने वाला छैनन् : गगन थापा

    2.7K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन् ।

    संविधानको ७६(५) अनुसारको सरकार गठन आह्वानको प्रक्रिया केवल देखाउन मात्र भएको बताउँदै उनले भनेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद । विघटन,पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक ७६(३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५) को आह्वान, अनुकुल नभएपछि फेरी विघटन । कस्तो सेटिङ प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो, लिए ।’

    मुलुकमा कोरोना संक्रमणको महामारी चलिरहेको समय संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नु अधर्म भएको बताउँदै उनले देशघाती जोडी यहिँ र यत्तिमै नरोकिने बताएका छन् । ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् । महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिँ र यत्तिमै रोकिने वाला छैनन् ।’

    उनले प्रधानमन्त्री अ‍ोली र राष्ट्रपतिको निर्लज्ज कामको सम्पर्ण शक्तिका साथ प्रतिशोध गर्न पनि नेताहरुलाई आग्रह गरेका छन् । 

    राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(५) बमोजिम सरकार गठनका लागि दुवै पक्षका दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको विज्ञप्ति जारी गरेपछि मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा भंग गरी निर्वाचनको मिति तय गरेको हो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend