logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • सबै एकजुट भएर कालो दिनको घोर भर्त्सना गरौँ : डा . संग्रौला

    सबै एकजुट भएर कालो दिनको घोर भर्त्सना गरौँ : डा . संग्रौला

    2.6K
    Shares

    काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् सांसद  डा. डिला संग्रौलाले प्रधानमन्त्री र राष्ट्रपतिले  सुनियोजित षड्यन्त्रले संसद र संविधानको चीरहरण  गरेकोले  सबै एक जुट भएर कालो दिनको घोर भत्सर्ना गर्नुपर्ने बताएकी छन्।  

    यस्तो संबिधान बिरोधी कार्य नेपाली जनताको लागि कदापि क्षम्य छैन भन्दै संविधानको रक्षाका लागि कानुनी र राजनैतिक रुपले अब लड्नु बाहेक अरु बिकल्प हामी नेपालीसंग नभएको उनको दाबी छ  ।

    डा संग्रौलाले राष्ट्रपतिले आफ्नो  पद र मर्यादालाई ख्याल नगरी संविधानको संरक्षकबाट नै मध्यराती संसदलार्इ भंग गरेर नेपाललाई द्वन्दको भुमरिमा लानु यो कदापि सैह्य हुन  नसक्ने भन्दै सबैलाई  एकजुट हुन आह्वान गरेकी छन्।  

    यस्तो गैरसंबैधानिक अलोकतान्त्रिक र गैरराजनीतिक कदमको विरुद्धमा लड्नु बाहेक बाहेक हामीसंग अरु उपाय छैन। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend