काठमाडौं । प्रधानमन्त्री केपी ओलीले फेरि संसद विघटन गरिदिएका छन् । ५ पुसमा उनले विघटन गरे पनि ११ फागुनमा सर्वोच्च अदालतले पुनस्र्थापना गरेको थियो । तर, पुनजीर्वित सदन ८७ दिनमै पुन विघटन भएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातपछि संसद् विघटन गरेकी छिन् । संसद् विघटनसँगै २६ कात्तिकमा पहिलो र ३ मंसिरमा दोस्रो चरणको मध्यावधि निर्वाचनको मिति तोकिएको छ ।
राष्ट्रपति भण्डारीले बिहीबार संविधानको धारा ७६ को ५ अन्तर्गत प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न शुक्रबार ५ बजेसम्मको समय दिएकी थिइन् । उक्त समयमा ओली र देउवाले दाबी पेस गरेका थिए । तर दुवैका दाबीमाथि कानुनी अप्ठ्याराहरूसमेत औंल्याउँदै राष्ट्रपतिले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था आएको उल्लेख गरेकी थिइन् ।
दाबी नपुग्ने राष्ट्रपति भण्डारीको निर्णयप्रति विपक्षी दलका नेताहरूले आपत्ति जनाएका थिए । उनीहरूले आपत्ति जनाइरहँदा राति नै प्रतिनिधिसभा विघटनको निर्णय भएको थियो । सोही निर्णयपछि विभिन्न दलका नेताले सामाजिक सञ्जालमार्फत आक्रोश पोखिरहेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीलाई दोषारोपण गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेकै नेपाल–खनाल पक्षका नेताहरुले पनि मध्यावधि निर्वाचन र संसद विघटन सुनियोजित रहेको र प्रक्रिया केवल औपचारिकता मात्र भएको बताएका छन् ।
कुन नेताले के भने ?
गगन थापा, नेपाली कांग्रेस– ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद । विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६(३) को सरकार गठन,विश्वास लिनुको सट्टा ७६९५०को आह्वान, अनुकुल नभएपछि फेरी विघटन१कस्तो सेटिङ१प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो, लिए ! सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्, नेतागण! नअलमलिउँ, खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।
माधव कुमार नेपाल, एमाले बरिष्ठ नेता- ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’
विश्वप्रकाश शर्मा, नेपाली कांग्रेस प्रवक्ता- ‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो । बुझि राख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ ।’
नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्रका प्रवक्ता- ‘संविधानको धारा ७६ (५)को सरकार गठनको स्पष्ट आधार हुँदहुँदै त्यसलाई लत्याएर प्रधानमन्त्री र राष्ट्रपतिले मिलेर हिजो मध्यरातमा षडयन्त्रमुलक ढङ्गले गरेको प्रतिनिधिसभा बिघटनको घोषणा जति निन्दा एवं भर्त्सना गरेपनि कम हुने असंवैधानिक,अलोकतान्त्रिक,प्रतिगामी,निरङ्कुश एवं राष्ट्रघाती कदम हो ।यो मुलतस् बिदेशी शक्तिकेन्द्रहरुको हस्तक्षेपकारी योजनामा प्रम के पी ओलीको राष्ट्रिय स्वाधीनता लाई सौदाबाजीको बिषय बनाउने तुच्छ पदीय सत्तास्वार्थ केन्दृत राष्ट्रिय आत्मसमर्पणवाद एवं दलालीको परिणाम हो भन्ने तथ्य छर्लङ्गै छ। प्रधानमन्त्रीको शुध्दअन्ध सहयोगी भुमिकामा सिमित राष्ट्रपतिको कार्य नेपालको गणतान्त्रिक ईतिहासमै राष्ट्रपति पदको जिम्मेवारी र गरिमा लाई लज्जास्पद ढङ्गले बिसर्जित गर्ने कलँकका रुपमा अङ्कित हुनेछ ।
हामीले प्रम ओलीको २०७७ पौष ५ गतेको प्रतिनिधिसभा बिघटनको असंवैधानिक कदम देखिनै देशलाई योजनाबध्द रुपमा प्रतिगामी दिशामा लैजाने षडयन्त्र भइरहेको र उक्त योजनाको पहिलो कडी प्रतिनिधिसभा बिघटन हो भनेका थियौं ।साथै प्रतिनिधिसभा पुनर्स्थापना पछि पनि प्रतिगमनको खतरा कायमै रहेको प्रति सजग रहन अपील गरेका थियौं । हिजोको पछिल्लो घटना त्यही शृङ्खलाको अर्को कडी हो । घोषित समयमा निर्वाचन हुने र लोकतन्त्रलाई सुदृढ बनाउने गरी त्यसको अङ्गको रुपमा स्वच्छ निर्वाचनको अपेक्षा गर्न सकिने स्थिति छैन ।
यस स्थितिमा सम्पुर्ण देशभक्त एवं वैदेशिक हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पण तथा दलालीको बर्तमान परिघटनाको बिरोध गर्ने शक्तिहरु र लोकतन्त्र पक्षधर शक्तिहरु राष्ट्रिय स्वाधीनता र संविधान एवं लोकतन्त्रको रक्षाको निम्ति एकताबध्द भएर अघि बढ्नु यतिबेलाको ऐतिहासिक आवश्यकता हो। यसतर्फ सबैको समयमै गम्भीर ध्यान जानु जरुरी छ ।’
वर्षमान पुन, नेकपा माओवादी केन्द्र, स्थायी कमिटी सदस्य- ‘मध्यरातमा डकैती गरियोर ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।’
प्रकाशमान श्रेष्ठ, नेता नेपाली कांग्रेस- ‘नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्थ्यो। तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ ।अक्सिजनको सिलिन्डर खोजिरहेका, अस्पतालमा शैय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन् । जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नू कुन मानवीयताले दिनसक्छ। यो निकृष्ट कर्म हो।’
बाबुराम भट्टराई, संघीय अध्यक्ष, जसपा- ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्ररसेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिकरअसंवैधानिकरप्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म ! यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो, एकजुट होओँ, प्रतिवाद गरौं ।’