काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाको बैठक बानेश्वरमा बस्ने भएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा शनिबार बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल हुने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव मिति तोकेपछि आगामी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पदमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको दाबी नपुगेको राष्ट्रपतिले जनाएपछि शुक्रबार मध्यराति मन्त्रीपरिषद् बैठक बस्दै मध्यावधि निर्वाचन र संसद विघटनको घोषणा भएको थियो ।