logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • प्रधानमन्त्री र राष्ट्रपतिले गणतन्त्र समाप्त पार्न खोजे : नेता खनाल

    प्रधानमन्त्री र राष्ट्रपतिले गणतन्त्र समाप्त पार्न खोजे : नेता खनाल

    1.7K
    Shares

    काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री र राष्ट्रपतिले गणतन्त्र समाप्त पार्न खोजेको आरोप लगाएका छन् । फेसबुकमार्फत् नेता खनालले गणतन्त्र समाप्त पार्ने योजना असफल बनाउन सबै पक्ष एकजुट हुन नेता खनालले आह्वान गरेका छन् ।

    उनले लेखेका छन्,‘राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।’

    सरकारले संसद विगठन गर्दै चुनावको मिति समेत सार्वजनिक गरेपछि विपक्षमा रहेका नेताहरुले विरोध गर्दै आएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend