logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • संसद विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

    संसद विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

    1.8K
    Shares

    काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको कार्यलाई प्रतिगामी कदमको संज्ञा दिएका छन् । उनीहरुले राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

    संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति शेरवहादुर देउवा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका बरिष्ठ नेता माधव नेपाल र राजमो उपाध्यक्ष दुर्गा पौडेल उपस्थित भएर राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा गरेका हुन् ।

    विपक्षी गठबन्धनले प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटनको कदमबाट मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलतातर्फ धकेलिएको निष्कर्ष पनि निकालेको छ । गठबन्धनका नेताको संयुक्त बैठकले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एक भई प्रतिवाद गर्ने निर्णय गरेको हाे । 

    baktabya 1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend