काठमाडौं। विघटित प्रतिनिधि सभा सांसद तथा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद सचिवालयले उपलव्ध गराएको गाडी फिर्ता गरेकी छिन्।
प्रतिनिधि सभा विघटन भएसंगै सांसद पदबाट मुक्त भएकाले चौधरीले गाडी फिर्ता गरेको बताइन्।
संसद सचिवालयले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई गाडि र इन्धन सुविधा दिने गरेको छ ।