काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् ।
आइतबार भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।
सरकार र जनता समाजवादी पार्टीबीच भएको नागरिकता सम्बन्धी ऐन संशोधन गर्ने सहमतिअनुसार सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको थियो ।