काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादव पक्षको मात्र उपस्थितिमा बसेको कार्यकारिणी समितिका निर्णयहरू मान्य नहुने बताएको छ ।
यसबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकिएको ठाकुरद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यसअघि जसपाको बहुमत पक्षको बैठक बसेर अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको दाबी उपेन्द्र यादव पक्षले गरेको थियो ।
जसपामा ठाकुर पक्ष एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली निकट छ भने उपेन्द्र-बाबुराम समूह विपक्षी मोर्चामा सामेल छ। सत्ता र विपक्षीका कारण जसपा फेरि विभाजनको संघारमा पुगेको छ ।