logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • उत्तरी इटलीमा केबलकार दुर्घटना, एक बालकसहित १४ जनाको मृत्यु

    उत्तरी इटलीमा केबलकार दुर्घटना, एक बालकसहित १४ जनाको मृत्यु

    4.5K
    Shares

    तस्बिर: रोयटर्स

    रोम । इटलीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी तालनजिकै एउटा केबल कार खस्दा एक बालकसहित १४ जनाको ज्यान गएको छ । ज्यान गुमाउने १४ जनामध्ये पाँच जना इजरायलका नागरिक भएका त्यहाँको परराष्ट्र मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

    स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबल कार दुर्घटनामा परेको हो । 

    अल्पाइन रेस्क्यू र आपत्कालीन हेलिकप्टर सेवा उद्धार कार्यमा खटिएका थिए। इटलीका सञ्चारमाध्यमहरूका अनुसार दुई बालबालिकालाई घटनास्थलबाट अस्पताल पुर्याइएपनि एक जनाको ज्यान गएको हो । एक बालनको भने उपचार भइरहेको छ । 

    आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जङ्गलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend