logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • स्पष्टीकरण नआएपछि ओलीले बोलाए स्थायी कमिटी बैठक, के होला निर्णय ?

    स्पष्टीकरण नआएपछि ओलीले बोलाए स्थायी कमिटी बैठक, के होला निर्णय ?

    2.7K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । प्रधामन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको हो । 

    बैठकमा चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुने एक नेताले बताए । 
    यसअघि ८ जेठमा बसेको स्थायी कमिटीले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

    आजको बैठकले त्यसबारे थप निर्णय लिने तयारी रहेको एक नेताले बताए ।

    माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोधेको स्पष्टिकरण बुझाउने समय आज बिहानबाट सकिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend