काठमाडौं। नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सरकारी गाडी फिर्ता गरेका छन्। संसद विघटन भएसँगै उनले प्रमुख सचेतकको हैसियतमा संसद सचिवालय पाउने गाडी फिर्ता गरेका हुन्।
भट्टराईले फेसबुकमार्फत संसद सचिवालयले उपलव्ध गराएको गाडी फिर्ता गरेको जानकारी दिएका हुन्।
‘नेकपा (एमाले ) को मुख्य सचेतकको जिम्मेवारी दुई महिना २२ दिन पुरा गरी आजबाट बिधिवत बिदा भएको छु। आजै त्यस हैसियतले मैले प्राप्त गरेको गाडी र कार्यालय संसद सचिवालयलाई जिम्मा लगाएको छु ।’ उनले भनेका छन्।