logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतमा संक्रमित दर घट्याे, हालसम्म तीन लाखभन्दा बढीकाे मृत्यु 

    भारतमा संक्रमित दर घट्याे, हालसम्म तीन लाखभन्दा बढीकाे मृत्यु 

    2.8K
    Shares

    काठमाडाैं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन लाख नाघेकाे छ । गएको २४ घण्टामा त्यहाँ ४ हजार ४५४ को कोरोनाका कारण मृत्यु भएसँगै कुल मृतक संख्या ३ लाख ३ हजार ७२० पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा भारतमा २ लाख २२ हजार ३१५ नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतमा संक्रमित दर घटेको हो । लगातार २५ दिनसम्म भारतमा ३ लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिएका थिए । 

    भारतमा संक्रमितभन्दा कोरोनामुक्त हुने दर पनि बढेको छ । २ लाख २२ हजार नयाँ संक्रमित थपिँदा गएको २४ घण्टामा ३ लाख २ हजार ५४४ निको भएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend