logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • झलनाथ खनाल र माधव नेपालसहित एमालेका ११ नेता निष्कासन 

    झलनाथ खनाल र माधव नेपालसहित एमालेका ११ नेता निष्कासन 

    2.6K
    Shares

    काठमाडौं । नेकपा एमालेले झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ नेता निष्कासन गरेको छ । 

    बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । 

    एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको तियो । तर उनीहरुले जवाफ फर्काएनन्  । बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    सर्वोच्च अदालतबाट ब्युँतिएको एमालेमा ह्वीप उल्लंघन, विपक्षीसँग मिलेर चुनावमा आफ्ना नेतालाई पराजित र विपक्षीकै नेतृत्वमा सरकार बनाउने कोशिश गरेको आरोप लगाएर उनीहरुलाई निष्कासन गरेकाे हाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend