logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • विदेशीको प्रिय पात्र बन्न ओलीले कम्युनिस्ट पार्टीलाई छिन्नभिन्न बनाउन लागे : माधव नेपाल 

    विदेशीको प्रिय पात्र बन्न ओलीले कम्युनिस्ट पार्टीलाई छिन्नभिन्न बनाउन लागे : माधव नेपाल 

    3.2K
    Shares

    काठमाडौं । वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुमाथि गरिएको कारवाहीको कुनै तुक र औचित्य नभएको बताएका छन् । अध्यक्ष केपी ओलीको यो निर्णय हास्यास्पद भएको बताउँदै उनले भने, ‘जसले देशको संविधान र पार्टीको विधानविपरीत केन्द्रीय कमिटीलाई यत्तिकै विघटन गर्न सक्छ त्यस्तो व्यक्तिको कुनै हैसियत छैन र कारबाही गर्नुको कुनै तुक छैन । ’

    नयाँ पत्रिकासँगको अन्तर्वार्तामा उनले विदेशीको इशारामा, विदेशीलाई खुशी पार्नका लागि कम्युनिष्ट पार्टी छिन्नभिन्न बनाएको आरोप पनि अध्यक्ष ओलीमाथि लगाए ।

    ‘उहाँले खोजेको भनेकै विदेशीहरूको इसारामा कम्युनिस्ट पार्टीलाई छिन्नभिन्न बनाउने हो, विभाजन गर्ने हो । उहाँ पूरै विदेशीहरूको कठपुतली बन्नुभएको छ । त्यही भएर विदेशीहरूको प्रिय पात्र बन्न खोज्नुभएको छ । विदेशीको प्रिय बन्नका लागि कम्युनिस्ट पार्टीलाई बर्बाद पार्न लाग्नुभएको छ । ’ उनले भने । 

    सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले झलनाथ खनाल र माधव नेपालसहित एमालेका ११ नेता निष्कासन गर्ने निर्णय गरेको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend