logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बलत्कारको ८ वर्षपछि जब पीडितलाई बलत्कारीको म्यासेज आयो…

    बलत्कारको ८ वर्षपछि जब पीडितलाई बलत्कारीको म्यासेज आयो…

    5.4K
    Shares

    एजेन्सी । लामो समयपछि जब एक युवती आफ्नो फेसबुक लग इन गर्छिन् तब उनको नजर एक नयाँ म्यासेजमा पर्छ । लामो समयको पीडालाई भुलेर अघि बढेकी अमेरिकाको पेन्सिलभानियामा बस्दै आएकी २३ वर्षीया शनोन किलरले आफैँलाई बलात्कार गर्ने व्यक्तिको म्यासेज ८ वर्षपछि आउँछ भनेर सायद कल्पनासम्म पनि गरेकी थिइनन् । 

    द सनका अनुसार म्यासेजमा लेखिएको थियो, ‘तिम्रो बलात्कार गर्ने म नै हुँ । यदि तिमीसँग समय छ भने म तिमीसँग कुरा गर्न चाहान्छु, तिम्रो आवाज सुन्न चाहान्छु । म तिम्रो लागि प्रार्थना गर्छु ।’

    सन् २०१३ मा एक पार्टीमा एक युवकले शनोनलाई पछ्याइरहेको थियो । यतिसम्म कि उक्त युवक शनोन बसेको होस्टलसम्म पुगेर उनीमाथि बलात्कार गरेको थियो । 

    उक्त घटनापछि शनोनले पुलिसमा जाहेरीसमेत दिएकी थिइन् । तर, पुलिसबाट खासै मदत मिल्न सकेन । अब भने शनोनलाई न्याय मिल्ने आशा जागेको छ । उनले सोही म्यासेजको आधारमा वकिलसँग कुरा अघि बढाएकी छिन् । कानुनी लडाईपछि आफूले न्याय पाउनेमा विश्वस्त रहेको उनले बताएकी छिन् । 

    पछिल्लो समय शनोनले धेरै मिडियामा अन्तर्वार्ता समेत दिएकी छिन् । आफूले भोगेको पीडा अन्य युवतीले भोग्न नपरोस् भनेर पनि यो लडाई जित्ने संकल्प गरेको उनले बताएकी छिन् ।    


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend