logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट

    अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट

    1.6K
    Shares

    काठमाडाैं । अदालतकाे अवहेलना गरेकाे भनी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा रिट परेको छ । अदालतकाे अवहेलना गरेको भन्दै ओलीविरुद्ध एक वर्ष कैद सजायको माग दावीसहित सर्वोच्चमा रिट परेको हाे ।

    बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले दोस्रो प्रतिनिधिसभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेको आराेपसहित मंगलबार अदालतमा रिट दर्ताका लागि पेस गरेका हुन् ।

    त्रिपाठीले सर्वोच्च अदालतले गत फागुन ११ मा गरेको संसद पुनर्स्थापनाकाे आदेश विपरीत प्रधानमन्त्री ओलीले पुनः प्रतिनिधिसभा विघटन गरेर अदालतको अवहेलना गरेकोले रिट पेस गरेको जानकारी दिए । 

    प्रधानमन्त्री ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साल पुस ५ गते संसद विघटन गरी चुनावकाे घाेषणा गरेकी थिइन् । सर्वाेच्च अदालतले सरकारकाे याे निर्णय विपरित फागुन ११ गते संसद पुनर्स्थापनाकाे फैसला सुनाएकाे थियाे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend