logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • लकडाउनकाे नियम छल्न हवाइजहाजमा विवाह, सामाजिक सञ्जालमा चर्चा

    लकडाउनकाे नियम छल्न हवाइजहाजमा विवाह, सामाजिक सञ्जालमा चर्चा

    2.8K
    Shares

    काठमाडाैं । भारतमा कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न लगाएको प्रतिबन्ध छल्न एक जोडीले हवाइजहाजमा विवाह गरेका छन् । तमिलनाडुस्थित मडुराइका राकेश र दक्षिणाले हवाइजहाजमा विवाह गरेकाे हुन् । 

    अहिले तमिलनाडुमा कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन विवाह समारोहमा ५० जनामात्रै भेला हुन अनुमति दिइएको छ । उनीहरूले त्यो नियम छल्न जहाज चार्टर्ड गरेर आकाशमा विवाह गरेका हुन् ।

    विवाहित जोडीका १६० जना आफन्त पनि जहाजमा थिए । अहिले यो विवाहको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । यसका तस्वीर तथा भिडियाे भाइरल भएका छन् ।

    स्पाइसजेटको बोइङ ७३७ जहाज मडुराईबाट बैंगलुरूका लागि उडेको थियो भने विवाह सकिएपछि उनीहरू सोही जहाजमा पुन: मडुराईका लागि फर्किएका थिए । विवाह चर्चामा आएपछि भारतीय उड्डयन प्राधिकरणले समेत अनुसन्धान थालेको छ ।

    प्राधिकरणका महानिर्देशकले स्पाइस जेटको उक्त प्लेनका स्टाफलाई अहिले ड्युटीबाट हटाइएको टाइम्स अफ इण्डियाले उल्लेख गरेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend