logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • निषेधाज्ञा अवधिभर थप शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

    निषेधाज्ञा अवधिभर थप शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

    2.2K
    Shares

    काठमाडाैं । निषेध आदेश लागू भएको समयमा ऋण तिर्ने भाका नाघेका ऋणीसँग थप शुल्क नलिन राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिएको छ । महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई कुनै पनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने गरी राष्ट्र बैंकले निर्देशन दिएको हो ।  

    मंगलबार राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन जारी गर्दै महामारीको समयमा कुनै पनि ऋणीलाई ऋण तिर्न दबाव नदिन तथा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको ७ दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको अतिरिक्त शुल्क नलिन स्पष्टसँग निर्देशन दिएको छ ।

    ऋणीलाई कुनै पनि कर्जामा जरिवाना लगाउन नपाउने, लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। त्यस्तै  बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको ब्याजदरमा  परिवर्तन आए तत्काल ग्राहकलाई विद्युतीय माध्यमबाट गराउनुपर्नेछ ।

    राष्ट्र बैंकको यो निर्देशन लघुवित्त संस्थाका हकमा पनि लागू हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend