logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाइडन र पुटिनबीच ‘फेस टु फेस’ वार्ता हुने 

    बाइडन र पुटिनबीच ‘फेस टु फेस’ वार्ता हुने 

    3.1K
    Shares

    काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेन र रसियन राष्ट्रपति भ्लाद्मिर पुटिनबीच आगामी महिनामा स्वीट्जरल्यान्डको जेनेभामा भेट हुने भएको छ । याे २ राष्ट्रप्रमुखको यो पहिलो फेस टु फेस भेट हो ।

    जुन १६ मा जेनेभामा भेट हुने तय भएको ह्वाइट् हाउसले मंगलबार पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बाइडेनका प्रवक्ता जेन पस्कीका अनुसार दुई देशको सम्बन्धलाई स्थायित्व राख्ने विषयमा दुई राष्ट्रप्रमुखबीच सम्वाद हुने बताइएकाे छ ।

    गएकाे अप्रिलमा बाइडेनले समिटमा भेट्न पुटिनसँग प्रस्ताव गरेका थिए । बाइडेन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्दा फरक नीति अपनाएर पुटिनसँग भेट्न चाहेकाे बुझिएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend